१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

पूर्व डीआईजी शाहविरुद्ध सर्वोच्चमा अख्तियारको पुनरावेदन

७ भदाै, काठमाडौँ । अख्तियारले सर्वोच्च अदालतमा पूर्व डीआईजी महेशविक्रम शाह विरुद्ध भ्रष्टाचार मुद्दामा पुनरावेदन गरेको छ ।

प्रवक्ता (सहसचिव) नरहरि घिमिरेका अनुसार मध्य क्षेत्रीय तालिम केन्द्र दुधौलीमा कार्यरत हुँदा २०७२ मा शाह र लेखापाल दीपेन्द्रप्रसाद पनेरू समेतले १०३ जना प्रहरी जवानहरूको किर्ते भर्पाई र दस्तखत गरेर हिनामिना गरेको आयोगको अनुसन्धान निष्कर्ष छ । यसै कारण विशेष अदालतले गरेकाे पुस ११ गतेकाे फैसलाले चित्त नबुझेर सर्वोच्चमा पुनरावेदन गरिएको हाे ।

मध्य क्षेत्रीय तालिम केन्द्र दुधाैलीका लेखापाल पनेरुलाई पनि विशेष अदालतले शाहलाई समान जेल र जरिवाना हुने फैसला गरेको थियो । शाह र पनेरुले गरेको भ्रष्टचार बिगोलाई भागबन्डा गरेर कैद र जरिवानाको सजाय घटाएर गरेको फैसला चित्त नबुझेर आयोगले बदर गर्न माग गरेको छ ।

प्रकाशित मिति : August 23, 2024 at 12:02 pm