८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

घोराहीको महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम विस्फोट, दुई जना विद्यार्थी पक्राउ

६ भदाै, दाङ । बिहीबार बिहान ९ बजेतिर घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पसमा सुतली बम विस्फोट भएको छ।

प्रहरीले बम विस्फोट गराएको आरोपमा सोही क्याम्पसमा अध्ययनरत प्लस टुका दुई जना विद्यार्थीलाई नियन्त्रणमा लिइएको छ।

क्याम्पसकै विद्यार्थीहरू घोराही उपमहानगरपालिका वडा नम्‍बर १५ का सुभम कार्की र अभियान थापा पक्राउ परेका जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताउनुभयाे ।

प्रहरीका अनुसार पक्राउ पर्ने विद्यार्थीहरूले रमाइलोका लागि सुतली बम विस्फोट गराएको बयान दिइएको प्रहरीकाे बयान छ ।

प्रकाशित मिति : August 22, 2024 at 11:36 am