१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

तुलसीपुरमा इनार सफा गरिरहेका दुई जनाको मृत्यु

५ भदाै, दाङ । तुलसीपुरमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ।

तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ दमारगाउँ स्थित घर भएका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपालीको मृत्यु भएको तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले बताउनुभयाे ।

तुलसीपरका स्थानीय दुर्गा विकको इनार सफा गर्न बुधबार बिहान १० बजेतिर दुइ जना इनारमा पस्नुभएका थिए ।

वाहाँहरू इनारबाट बाहिर निस्कन नसकेको सूचना पाउने बित्तिकै दमारगाउँबाट प्रहरी सहायक निरीक्षक आनन्द हिताङको कमाण्डमा दुई जना, तुलसीपुरबाट आठ जना र नेपाली सेनाको अम्बापुर बेस क्याम्पबाट रमेश पराजुलीको कमाण्डमा तीन जना प्रहरी खटिनुभएका थिए। वाहाँहरूको उद्धार गरी तुलसीपुर कै राप्ती प्रादेशिक अस्पतालमा लगिएकाे थियाे । अस्पतालमा पुर्‍याउनासाथ वाहाँहरूलाई बिहान ११ बजे चिकित्सकले मृत घोषणा गर्नुभएकाे थियाे ।

प्रकाशित मिति : August 21, 2024 at 12:13 pm