शान्ति बराल देखाएर टिकटक बन्द गराउने प्रचण्ड सरकारको निर्णय खारेज हुँदै
५ भदौँ, काठमाडौँ । चर्चित टिकटक प्रयोगकर्ता शान्ति बराल देखाएर टिकटक बन्द गराउने प्रचण्ड नेतृत्वको सरकारको निर्णय खारेज हुने भएको छ । १५ दिनअघि प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारमन्त्रीसहितलाई निर्देशन दिँदै अघिल्लो सरकारले हचुवाको भरमा टिकटकमाथि लगाएको प्रतिबन्ध फुकाउने पक्रिया अघि बढाउन निर्देशन दिनुभएको छ । सोही अनुसार सञ्चार मन्त्रालयले टिकटका प्रतिनिधिहरूसँग समेत छलफल गरेर यसअघिको सरकारले लगाएको प्रतिबन्धको निर्णय खारेज गर्ने तयारी गरेको छ ।
तत्कालीन प्रचण्ड सरकारले माओवादीक केन्द्रकी नेतृ समेत रहेकी टिकटकर शान्ति बरालको भिडियो सन्दर्भ कोट्याउँदै विना आधार नै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । भारत खुशी पार्ने अभियान अन्तर्गत प्रचण्ड सररकाले बरालको बहाना बनाएर टिकटकमा प्रतिबन्ध लगाएको र भूराजनीतिकको गन्ध आएको भन्दै चर्को बिरोध भएको थियो । त्यसको ठीक १० महिनापछि वर्तमान सरकारले प्रतिबन्ध हटाउने तयारी गरिएको हो ।
सरकारले विसं २०८० कात्तिक २७ गते टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । टिकटकले नेपालको नीति–नियम सबै पालना गर्ने प्रतिबद्धतासहित पहल थालेपछि सरकार प्रतिबन्ध हटाउने विषयमा छलफलमा जुटेको हो । टिकटकको एसियाका पोलिसी डिभिजन चिफ फेरसले केहीदिन अगाडि इमेलमार्फत् प्रतिबद्धता पत्र सञ्चार मन्त्रालयलाई पठाएका थिए ।
मन्त्रालयले मन्त्रिपरिषद्मा प्रस्ताव लगेर निर्णय गराई प्रतिबन्ध हटाउने तयारी भइरहेको बताइएको छ । यसअघि सरकारले सामाजिक सद्भाव बिथोलेको भन्दै टिकटकमाथि प्रतिबन्ध लगाएको थियो । टिकटिकमा सरकारको प्रतबिन्धपछि दैनिकीसँगको कुराकानी भने शान्ति बराललले सरकारले आफ्नो कारण बन्द नभएको दाबी गर्नुभएको थियो । माओवादीको स्थानीय कमिटीले उहाँमाथि टिकटको कन्टेन्टका कारण कारबाही गरेको थियो ।
टिकटक मार्फत व्यवसाय प्रवर्द्धन गरेर हजारौँले राम्रो कमाइ गर्दै आइरहेका थिए भने धेरैको मनोरञ्जनको महत्वपूर्ण साधान बनेको थियो । दर्शकहरू सबैजसो टिकटकमा सिफ्ट भएपछि सञ्चारमाध्यमहरूले समेत आफ्नो टिकटक अकाउन्ट खोली सोही मार्फत समाचार स्रप्रेषणको काम समेत गर्दै आइरहेका थिए ।
प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार १०:११