३० असार २०८३, मंगलबार | Tue Jul 14 2026

दाेहाेराे अंकले घट्याे सेयर बजार, २८ अर्ब ८३ करोडबढी कारोबार

२ भदाै, काठमाडौंँ। साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेकाे छ। नेप्से परिसूचक आज ३४.४७ अंकले घटेर २९६६.३३ को विन्दुमा झरेको हो।

आज नेप्से उपसमूहका १३ वटामध्ये ४ वटा समूहमात्रै बढेको छ भने ९ समूह घटेको छ। आज बैंकिङ समूह सर्वाधिक ०.८४ अंकले बढेको छ। जीवन बीमा, म्युचुअल फन्ड र निर्जीवन बीमा समूह पनि बढेका छन्।

यो दिन ४७ वटा कम्पनीको सेयरभाउ बढ्दा १९७ वटाको घटेको छ। बजारमा आज २८ अर्ब ८३ करोड ६९ लाख रुपैयाँ बढीको कारोबार भएको छ।

दोहोरो अंकले घटेको बजारमा आज ५ वटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ। नेपाल फाइनान्सका सेयरधनीले सर्वाधिक गुमाएका छन्। यो कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ।

आज हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ। यो कम्पनीको ८२ करोड १४ लाख रुपैयाँ बढीको सेयर कारोबार भएको छ।

प्रकाशित मिति : August 18, 2024 at 3:59 pm