८ आश्विन २०८३, बिहिबार | Thu Sep 24 2026

सप्ताहव्यापी अभियानमा ७१ हजार नौ सय पशुलाई खोप

१ भदौ, बागमती । लम्पी स्कीन विरुद्धको सप्ताहव्यापी खोप कार्यक्रमअन्तर्गत बागमती प्रदेशमा ७१ हजार नौ सयबढी पुशमा खोप लगाइएको छ । प्रदेश सरकारको कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले गत साउन २४ गतेदेखि ३२ गतेसम्म खोप अभियानमा सञ्चालन गरेको थियो ।

अभियानमा प्रदेशका विभिन्न जिल्लाका ७१ हजार नौ सय ८७ पुशचौपायालाई खोप लगाइएको मन्त्रालयका पशुपंक्षी विकास महाशाखाका पशु सेवा अधिकृत डा सन्तोष अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार सप्ताहव्यापी अभियानका क्रममा सबैभन्दा बढी चितवनमा १० हजार दुई सय १९ र सबैभन्दा कम सिन्धुपाल्चोकमा एक हजार तीन सय दुई पशुमा लम्पी स्कीन विरुद्धको खोप लगाइएको हो ।

चालु आर्थिक वर्षमा ७६ हजार दुई सय ७५ पशुचौपायालाई लम्पी स्कीन विरुद्धको खोप लगाउने लक्ष्य रहेको जनाउँदै डा अधिकारीले अभियानको सुरुमा नै ७१ हजार नौ सय ८७ मा खोप लगाइएको बताउनुभयो ।

प्रकाशित मिति : August 17, 2024 at 2:38 pm