गठ्ठाघर दुर्घटना: चार सदस्यीय छानबिन समिति गठन
१ भदाैँ,काठमाडाैँ । बिहिबार दिउँसाे गठ्ठाघरमा भएकाे सवारी दुर्घटनाकाे छानबिन गर्न समिति गठन भएको छ।
गठ्ठाघर चोकनजिकै ना ६ ख २१७३ नम्बरको ट्रकले बा३९प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ओखलढुंगा स्थायी घर भएका उत्तम कोइरालाको घटनास्थल मै मृत्यु भएको थियाे। उक्त घटनालाई लिएर भक्तपुरका सहायक जिल्ला अधिकारी डाेरेन्द्र निराैलाकाे नेतृत्वमा ४ सदस्यीय छानबिन समिति बनेकाे हाे।
गृहमन्त्री रमेश लेखकले गठ्ठाघर दुर्घटनाकाे गम्भीरतापूर्वक छानबिन गर्न महानिरीक्षक (आइजीपी) बसन्त कुँवरलाई निर्देशन दिनुभएकाे थियाे ।
उक्त दुर्घटनाका सम्बन्धमा सराेकारवाला सबै पक्षसँग छलफल गरी सत्यतथ्य अध्ययन गरेर एक साताभित्र प्रतिवेदन पेस गर्न समितिलाई कार्यादेश दिइएकाे छ।
प्रकाशित मिति : १ भाद्र २०८१, शनिबार १३:००