सहकारी छानबिन विशेष समितिले दिपेश पुनसँग लियो बयान
३२ साउन, काठमाडाैँ । सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा छानबिनका लागि गठन भएको संसदीय विशेष समितिले दिपेशकुमार पुनसँग बयान लिएको छ । सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले रूपन्देहीको सुप्रिम सहकारीको बचत रकम हिनामिना प्रकरणमा मुछिएका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरासमेत रहेका पुनसँग बयान लिएको हो ।
माओवादी केन्द्र निकटको विद्यार्थी संगठनका महासचिव समेत रहेका पुन बुटवलमा रहेको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको पूर्वसचिव हुन् । पुन उक्त सहकारी ठगी प्रकरणमा जोडिएका छन् ।
प्रकाशित मिति : ३२ श्रावण २०८१, शुक्रबार १७:५५