अमेरिकी उपविदेशमन्त्री रिचार्ड आज नेपाल भ्रमणमा आउँदै
३२ साउन, काठमाडौँ । अमेरिकी विदेश मन्त्रालयका उपविदेशमन्त्री रिचार्ड आर. वर्मा शुक्रबार नेपाल आउन लाग्नुभएकाे छ ।
केपी शर्मा अोली प्रधानमन्त्रीमा नियुक्त भएपछि यो अमेरिकाबाट हुन लागेको सबैभन्दा उच्च स्तरीय भ्रमण हो । वाहाँले नेपालमा आज प्रधानमन्त्री केपी शर्मा अोली, राष्ट्रपति रामचन्द्र पौडेल, परराष्ट्र मन्त्री आरजु राणा देउवालगायत उच्च स्तरीय अधिकारीहरूलाई भेट्ने कार्यक्रम रहेकाे नेपालस्थित अमेरिकी दूतावास स्रोतले जनाएको छ ।
नेपालमा उप विदेशमन्त्री वर्मासहितको प्रतिनिधि मण्डलले वरिष्ठ सरकारी अधिकारी, विकास परियोजनाका प्रतिनिधि र व्यापार व्यवसायीका प्रतिनिधिहरुलाई भेट्नका साथै आर्थिक विकास, महिला सशक्तीकरण, ऊर्जालगायतका क्षेत्रमा भएको समझदारीको विषयमा समेत वाहाँले छलफल गर्ने अमेरिकास्थित विदेश मन्त्रालयले जनाएकाे छ ।
प्रकाशित मिति : August 16, 2024 at 9:57 am









