१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

गठ्ठाघरमा प्रदर्शनकारीमाथि प्रहरीको अश्रुग्यास प्रहार

३१ साउन, काठमाडाैँ । प्रहरीले भक्तपुर गठ्ठाघरमा प्रदर्शनमा उत्रिएकाहरूमाथि अश्रुग्यास प्रहार गरेको छ।

कोटेश्वरबाट भक्तपुरतर्फ जाँदै गरेको बा ४९ प ८९४४ नम्बरको स्कुटरलाई ना ६ ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएको थियो।

उक्त टक्करबाट स्कुटर चालकको मृत्यु भएपछि स्थानीयले सडक अवरोध गरेका थिए । यसैक्रममा स्थानीय र प्रहरीबीच ढुंगा हानाहान भएको थियो। उक्त घटनामा प्रदर्शनकारीहरूले ट्राफिक आयरल्याण्ड जलाएका कारण घटना कम गर्नका लागि प्रहरीले अश्रुग्यास प्रहार गरेको हो।

प्रहरीले स्कुटर चालकको शव उठाएर त्रिवि शिक्षण अस्पताल लगेपछि तनावको स्थिति सिर्जना भएको हाे ।

प्रहरी कार्यालय रानीपोखरीका एसएसपी दिनेशराज मैनालीका अनुसार ट्रकका चालकको खोजी भइरहेको र घटनास्थलबाट ट्रकलाई हटाइएको ।

प्रकाशित मिति : August 15, 2024 at 5:46 pm