१७ असार २०८३, बुधबार | Wed Jul 1 2026

सिन्धुलीमा जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु, ११ जना घाइते

३१ साउन, काठमाडौं । सिन्धुलीमा बाेलेराे जिप दुर्घटना भएकाे छ । उक्त दुर्घटनामा ३ जनाकाे मृत्यु भएकाे छ, भने ११ जना घाइते भएका छन् ।

बिहीबार बिहान सवा ९ बजे कमलामाई नगरपालिका–२ चियाबारी नजिक सिन्धुली आउँदै गरेको बा २० च ८२८३ नम्बरको बाेलेराे जिप अनियन्त्रित भई दुर्घटना भएकाे हाे ।

मृत्यु हुनेमा सिन्धुलीकै ४२ वर्षीय पृथ्वी भुजेल, ४५ वर्षका उदयबहादुर मस्राङ्गी र ३५ वर्षका पवन मस्राङ्गीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी निरीक्षक केशवबहादुर कटवालले जानकारी दिनुभयाे ।

जसमध्ये जिप चालक गोलञ्जोर–६ का ३२ वर्षीय टीकाजंग राईको अवस्था गम्भीर रहेका कारण उपचारका लागि काभ्रेको धुलिखेल अस्पताल पठाइएको प्रहरीले बताउनुभएकाे छ । चालकसँगै गोलञ्जोर-६ का २२ वर्षीय उदय लुंगेली, १७ वर्षीया मेनुका मगर र ३७ वर्षका हिमाल परियारलाई समेत काभ्रेको धुलिखेल अस्पताल पठाइएको छ ।

त्यस्तै, प्रहरीका अनुसार अन्य ७ जनाकाे उपचार भने सिन्धुली जिल्ला अस्पतालमा भइरहेकाे छ।

प्रकाशित मिति : August 15, 2024 at 3:37 pm