१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

यातायात व्यवस्था कार्यालयका कम्प्युटर अधिकृत विरुद्ध भ्रष्टाचार मुद्दा

३१ साउन, काठमाडौँ । यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमतिपत्र एकान्तकुनाका कम्प्युटर अधिकृत वासुदेव रेग्मीविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता भएको छ ।

सेवाग्राहीको सवारी चालक अनुमति पत्रको विवरण इलेक्ट्रोनिक ड्राइभिङ लाइसेन्स रजिस्ट्रेसन सिस्टममा कार्यालयको अभिलेख सच्चाई नवीकरण गर्ने प्रयोजनको लागि २० हजार घुस लिएको पुष्टि भएका कारण नै अदालतमा मुद्दा दर्ता गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिनुभयाे ।

प्रवक्ता नरहरि घिमिरेका अनुसार भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ अन्तर्गतको कसुरजन्य कार्य भएकोले निजलाई भ्रष्टाचार निवारण ऐन, २५९ को दफा ३ को उपदफा (१) बमोजिमको कसूरमा उपदफा (१) को देहाय (क) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई बिहिबार विशेष अदालतमा आरोप(पत्र दायर गरिएको छ ।

प्रकाशित मिति : August 15, 2024 at 3:00 pm