८ माघ २०८१, मंगलवार | Tue Jan 21 2025

सार्वजनिक यातायातमा गृह मन्त्रालयको एक्सन, ११ बुँदे निर्देशन (पत्रसहित)

३१ साउन, काठमाडौँ । सार्वजनिक यातायात सुरक्षित र भरपर्दो बनाउन यातायात व्यवसायीलाई गृह मन्त्रालयले ११ बुँदे निर्देशन दिएको छ । बुधबार यातायात व्यवसायी राष्ट्रिय महासङ्घलाई मन्त्रालयले पत्र लेख्दै सिमलताल घटनालाई अध्ययन प्रतिवेदनको सुझाव कार्यान्वयन गर्न भनेको हो ।

असार २८ गते नारायणगढ–मुग्लिङ सडकमा दुईवटा बस बेपत्ता भएपछि गृह मन्त्रालयका सहसचिव छवि रिजालको संयोजकत्वमा कार्यदल गठन भएकाे थियाे । उक्त कार्यदलले साउन २२ गते सुझाव प्रतिवेदन गृहमन्त्रीलाई बुझाएको थियो ।

गृह मन्त्रालयले उक्त सुझावलालाई मध्यनजर गर्दै यातायात व्यवसायी मार्फत यात्रुहरुलाई टिकट काटेरमात्र यात्रा गराउनु तथा अनलाइन मार्फत टिकट बुक गर्ने यात्रुको पहिचान खुल्ने कागजात लिएर मात्र यात्रा गराउने र सवारी साधनमा जीपीएस ट्याकिङ प्रणाली जडान गर्ने तथा सवारी साधनमा सीसीटीभी र ट्रान्सपोण्डरको व्यवस्था गर्ने जस्ता ११ बुँदे  निर्देशन दिएको हो ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार १४:११