२६ भाद्र २०८१, बुधबार | Wed Sep 11 2024

चलचित्र विकास बोर्ड अध्यक्षमा दिनेश डिसी र करिश्मा मानन्धरसहित ६ जनाको आवेदन

३१ साउन, काठमाडाैँ । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागि दिनेश डिसी र करिश्मा मानन्धरसहित ६ जनाले आवेदन दिनुभएका छन् । उक्त आवेदन दिनेमा अन्तिम म्याद बुधबारसम्म ६ जनाको आवेदन परेको चलचित्र विकास बोर्डका सदस्य सचिव तथा सूचना प्रविधि मन्त्रालयका उपसचिव राजेशकुमार थापाले बताउनुभएकाे छ ।

फिल्म निर्देशक तथा सञ्चारकर्मी दिनेश डिसी,फिल्म निर्देशक दीपा पाण्डे बस्नेत, पूर्वबोर्ड सदस्य प्रकाश भट्टराई, अभिनेत्री करिश्मा मानन्धर, सांस्कृतिक संस्थानका पूर्वमहाप्रबन्धक राजेश थापा, र फिल्म निर्माता एवं पूर्वबोर्ड सदस्य अर्जुनकुमार डंगोलले आवेदन दिनुभएकाे हाे ।

बोर्डका सदस्य सचिव थापाका अनुसार आवेदन दिनुभएकाहरूको योग्यताका बारेमा परीक्षण हुन बाँकी रहेकाे र उक्त परिक्षण बमाेजिम मन्त्रालयले कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ता दिने तालिका सार्वजनिक गर्नेछ ।

यीमध्ये सिफारिस समितिले तीन जनाको नाम सिफारिस गर्नेछ र एकजनालाई अध्यक्षमा नियुक्त गर्नेछ ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार ११:२६