पोखरा र भैरहवा विमानस्थल पूर्ण सञ्चालनका लागि टिकटदेखि इन्धनसम्ममा सहुलियत दिने तयारी
३१ साउन, काठमाडौँ । सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि टिकटदेखि इन्धनसम्ममा सहुलियत दिने भएको छ ।
प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित बसेको बैठकले दुईवटै विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न साथै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले हवाई टिकट, ग्राउन्ड ह्याण्डलिङ, हवाइ इन्धनमा आगामी २०८३ साल भदौसम्म सहुलियत दिने कार्ययोजना बनाएको बताउनुभयाे ।
सरकारले पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिन लागेको र हवाई टिकटमा लगाउने गरेको भ्याट पनि आगामी २०८३ भदौसम्म नलिने योजना रहेको बताउनुभयाे ।
त्यस्तै, इन्धनको विषय उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा भैरहवामा काठमाडौँको विमानस्थलमा इन्धनको मूल्य भन्दा सस्तो लिनेगरी कार्ययोजना बनेको तथा अध्यागमन कार्यालय सञ्चालन, भिसा सेन्टरको लागि श्रम तथा परराष्ट्र मन्त्रालयले व्यवस्थापन गर्ने योजना बनेको पनि वाहाँले जानकारी दिनुभयाे ।
विमानस्थलमा क्वारेन्टाइन चेकजाँचका लागि कृषि तथा पशुपक्षी मन्त्रालयले गर्नुपर्ने कार्ययोजना मन्त्रीपरिषद्मा पेस भएको र सरकारले दिने सहुलियत विमानस्थलमा सुचारु हुने आशा गरेको पनि मन्त्री पाण्डेले बताउनुभयाे ।
प्रकाशित मिति : August 15, 2024 at 10:36 am









