प्रधानमन्त्री ओलीले संसदमा भने-टीआरसीको सन्दर्भमा दृष्टान्तयोग्य सफलता प्राप्त गर्दैछौँ
३० साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले टीआरसीको विषयमा नेपालले दृष्टान्तयोग्य सफलता प्राप्त गर्न लागेको बताउनुभएकाे छ ।
‘हामी छोटो अवधिभित्र नेपालमा द्वन्द्वको अन्तिम किस्ता पनि व्यवस्थापन भइसक्यो भन्ने सन्देश दिन सफल हुनेछौँ’, ‘यसकारण मैले आफ्नो खुसी व्यक्त गर्न खोजेको हुँ, प्रधानमन्त्रीले भन्नुभयाे, । २०१८ मा संयुक्त राष्ट्रसंघमा बोल्दा प्रधानमन्त्रीले आफूलाई यतिचाँडो टीआरसीको विषयमा टुंगोमा पुग्लाजस्तो नलागेको समेत बताएको स्मरण गर्नुभयाे । प्रधानमन्त्रीले दलहरुबीच सहमति भएर संसदमा विधेयक पेस भएकाले अब छलफलपछि सहजै पारित हुने विश्वास व्यक्त गर्नुभयाे ।
प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार १३:५३