१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री ओलीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने

३० साउन, काठमाडौँ । प्रतिनिधिसभामाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीसहित शीर्ष नेताहरूले सम्बोधन गर्ने भएका छन् ।

एमालेका मुख्य सचेतक महेश बर्तौलाका अनुसार सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक प्रस्तुत भएसँगै त्यस सम्बन्धमा शीर्ष नेताहरूले धारणा राख्ने तयारी भएको छ ।

उक्त बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे र विधेयकलाई पनि आजै पारित गर्ने सदनकाे तयारी भइरहेको छ ।

प्रकाशित मिति : August 14, 2024 at 12:29 pm