१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

सहकारी ठगी आरोप लागेपछि स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष कुँवर फरार, पक्राउ पुर्जी जारी

३० साउन, पोखरा । सूर्योदय सहकारीको रकम हिनामिनाको आरोप लागेका स्याङ्जाको बिरुवा गाउँपालिकाका अध्यक्ष सूर्यबहादुर कुँवर फरार हुनुभएकाे छ । सूर्यबहादुर कुँवरको समेत संलग्नतामा ३ करोड ६६ लाख रुपैयाँ हिनामिना भएको छानबिन समितिले पत्ता लगाएको हो । कुँवर उक्त सहरकारीको सचिवका रूपमा काम गर्नुहुन्छ । कुँवरले बचत रकम अपचलन गरी एमालेका सांसदलाई दिनुभएकाे र वाहाँले समेत निर्वाचनमा खर्च गर्नुभएकाे छानबिनमा संलग्न एक अधिकारीले बताउनुभएकाे छ । उक्त छानबिनमा दोषी ठहरिएपछि वाहाँविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

सहकारीमा समस्या देखिएपछि प्रहरीले बचतकर्तालाई जाहेरी दिन आह्वान गरेको थियो । बचतकर्ता ध्रुवनारायण श्रेष्ठले साउन १० गते जाहेरी दिनुभएकाे थियाे । र पालिकाका अध्यक्ष कुवँरलाई सम्पर्क गर्दा वाहाँको मोबाइल अफ रहेकाे छ ।

प्रकाशित मिति : August 14, 2024 at 11:25 am