९ आश्विन २०८१, बुधबार | Thu Sep 26 2024

साँपले डस्दा एक बालिकाको मृत्यु, आमाको अवस्था गम्भीर

३० साउन, दाङ । साँपले डस्दा घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा एक बालिकाको मृत्यु भएको छभने एकजनाको अवस्था गम्भीर छ ।

गए राति सर्पले डस्दा छ वर्षीया इन्दु चौधरीको मृत्यु भएको तथा निजकी आमा आश्माको अवस्था गम्भीर रहेको दाङका प्रहरी प्रवक्ता रामप्रसाद तिमिल्सिनाले बताउनुभयो ।

साँपले डस्नेबित्तिकै अस्पताल लैजानुको सट्टा झारफुकमा लाग्दा बालिकाको मृत्यु भएको उहाँले बताउनुभयो । गम्भीर घाइते २५ वर्षीया आश्माको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ ।

प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार १०:१८