सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक आजै पारित गर्ने सदनको तयारी
३० साउन, काठमाडौँ । प्रतिनिधिसभामाको बैठकमा सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक आजै पारित गर्ने सदनको तयारी रहेकाे छ । उक्त बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण र मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकाे छ ।
प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा सभापति विमला सुवेदीले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग (तेस्रो संशोधन) विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८१ पेस गर्नुभएकाे थियाे ।
प्रकाशित मिति : ३० श्रावण २०८१, बुधबार १०:०२