सेयर बजारमा सामान्य करेक्सन, कारोबार भने २१ अर्ब ५१ करोड
२९ साउन, काठमाडौं । मंगलबार सेयर बजारको परिसूचक नेप्से घटेको छ । अघिल्लो दिनको तुलनामा यस दिन ८.१८ अंकले घटेर २९२३ अंकमा कायम भएको छ ।
मंगलबार २१ अर्ब ५१ करोडको सेयर कारोबार भएको छ । ८० कम्पनीको मूल्य बढकाे छ, भने १५७ को घट्यो र ६ को स्थिर रह्याे ।
मंगलबार फाइनान्स १.५७, बैंकिङ ०.४५, जीवन बीमा ०.५ र व्यापार समूह ०.०६ प्रतिशतले बढेकाे हाे ।
त्यस्तै, उत्पादन १.४०, माइक्रोफाइनान्स १.१३, विकास बैंक १.३६, होटल तथा पर्यटन २.२५, निर्जीवन बीमा १.०२ र अन्य समूह सूचक ०.७४ प्रतिशतले घटेकाे छ ।
मंगलबार नेपाल फाइनान्सको सर्वाधिक कारोबार भएको छ।
त्यस्तै, सर्बाधिक कारोबार हुनेमा हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, अपी पावर तथा अरुणभ्याली हाइड्रोपावर रहेकाे छ ।
दोल्ती पावर, गुडविल फाइनान्स, मातृभूमि लघुवित्त, पिपुल्स पावर, न्यादी हाइड्रोपावर र मिडसोलु हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढ्यो, भने विन्ध्यबासिनी हाइड्रोपावरको ९.७, शुभम् पावरको ९.६ तथा प्रोग्रेसिभ फाइनान्सको मूल्य ७.७ प्रतिशतले बढेकाे छ ।
नेपाल फाइनान्सको मूल्य ९.९ प्रतिशत घट्यो, भने आत्मनिर्भर लघुवित्तको ६.९, सगरमाथा जलविद्युतको ७.१, मैलुङखोला जलविद्युतको ६ तथा अभियान लघुवित्तको मूल्य ४.५ प्रतिशतले घटेकाे छ ।
प्रकाशित मिति : 15:38









