प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ आजदेखि
२९ साउन, काठमाडौँ । केपी ओली नेतृत्वको सरकारले सिफारिस गरेका १८ देशका राजदूतको संसदीय सुनुवाइ मंगलबार दिउँसो सवा १२ बजे देखि सुरु हुँदैछ । सरकारले यही साउन १४ गते १८ देशमा राजदूत सिफारिस गरेको थियो ।
सुनुवाइ प्रक्रियाको प्रारम्भ संसदीय सुनुवाइ समितिको बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरको शंकर हलमा बस्नेछ ।
प्रकाशित मिति : August 13, 2024 at 10:03 am









