२७ चैत्र २०८२, शुक्रबार | Fri Apr 10 2026

सेयर बजारमा एकैदिन २७ अर्ब २४ करोडको कारोबार, नेप्सेमा ७०.८१ अंकको वृद्धि

२८ साउन, काठमाडाैँ । सोमबार सेयर बजारमा एकैदिन २७ अर्ब २४ करोड रूपैयाँको कारोबार भएको छ । यो ऐतिहासिक उच्च कारोबार हो ।

नेप्से परिसूचक पनि करिब ३१ महिनाको उच्च विन्दुमा आइपुगेको छ । नेप्से परिसूचक ७०.८१. अंकले बढेर २९३१ विन्दुमा कायम भएकाे छ ।

यसदिन ३३९ वटा धितोपत्रको छ करोड ४८ लाख ७६ हजार २१७ कित्ता सेयर किनबेच भएको हो।

सोमबार १७१ कम्पनीको सेयर मूल्य बढेको छ । ६८ वटाको घटेको छ भने तीन कम्पनीको मूल्य स्थिर रहेको छ।

यसदिन हिमालयन लाइफ इन्स्योरेन्स, जोशी हाइड्रोपावर, स्वेत गंगा हाइड्रोपावर, सूर्यज्योति लाइफ इन्स्योरेन्स, भिजन लुम्बिनी र शुभम पावर गरी सात कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेकाे हो ।

त्यस्तै, कुथेली बुखरी स्मल हाइड्रोपावरको मूल्य सर्वाधिक १० प्रतिशतले घटेर प्रतिकित्ता मूल्य दुई हजार ८ रूपैयाँ १० पैसामा झरेको छ भने लक्ष्मी लघुवित्तको मूल्य ३.८० प्रतिशतले घटेको छ।

प्रकाशित मिति : 15:30