१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

पेरिस ओलम्पिकका सबै खेल सकिए, अन्तिम स्वर्ण हात पार्दै अमेरिका पहिलो

२८ साउन, पेरिस । पेरिस २०२४ ओलम्पिकको ३३ औँ संस्करण सम्पन्न भएको छ । उक्त समारोहमा खेलकुद, चलचित्र र सङ्गीत क्षेत्रका स्टारहरू एकसाथ देखिए। अभिनेता टम क्रुज अमेरिकी सहर लस एन्जलसलाई हस्तान्तरण गरिने ओलम्पिक झन्डा सङ्कलन गर्न मोटरसाइकलमा प्रस्थान गर्नु अघि स्टा डे फ्रान्सको छतबाट ओर्लिए, जहाँ सन् २०२८ मा अर्को संस्करण आयोजना हुनेछ ।

अमेरिकाले अन्तिम पदक तालिकाको शीर्ष स्थान कब्जा जमायो । अमेरिकाले ४० स्वर्ण, ४४ रजत र ४२ कांस्य पदकसहित कूल १ सय २६ पदक जित्यो भने चीनले पनि समान ४० स्वर्ण पदक जिते उसको कूल पदक ९१ मा सीमित रह्यो ।

त्यस्तै, तेस्रो स्थान जापानले हात पार्न सफल भएकाे हाे जसले कूल ४५ वटा पदक जित्यो । यसमा २० स्वर्ण, १२ रजत र १३ कांस्य पदक समावेश छन्, र १८ स्वर्ण पदकसहित अस्ट्रेलिया चौथो स्थानमा रह्यो ।

आयोजक फ्रान्सले भने पाँचौँ स्थान कब्जा गर्न सफल भएकाे हे । फ्रान्सले १६ स्वर्ण, २६ रजत र २२ कांस्यसहित कूल ६४ वटा पदक हात पार्‍यो ।

प्रकाशित मिति : August 12, 2024 at 9:57 am