१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

नेप्सेले बनायो नयाँ रेकर्ड, ९४ अंकले बढेको बजारमा पौने २६ अर्बको कारोबार

२७ साउन, काठमाडौँ । सेयर बजारमा कारोबार रकमले नयाँ रेकर्ड बनाएकाे । आइतबार सेयर बजारमा २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसअघि साउन २२ गते २३ अर्ब ७१ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । आइतबार नेप्से परिसूचक ९४.५३ अंकले बढेर २८६०.९१ को विन्दुमा पुगेकाे छ ।

आइतबार २२५ कम्पनीको सेयर मूल्य बढ्दा १५ कम्पनीको सेयर मूल्य घटेको छ भने २ कम्पनीको स्थिर रहेको छ । लगानीकर्ताहरू लाइफ इन्स्योरेन्स, माइक्रोफाइनान्स र लगानी समूहमा झुमिएका छन् । सो समूहमा क्रमश ४.५५, ४.४० र ४.१२ प्रतिशतले बढेको छ । सूचीकृत सबै समूहमा हरियाली छाएको छ ।

हिमालयन रि इन्साेरेन्स र शिवम् सिमेन्टको १ करोड भन्दा माथि कारोबार भएको छ । यस्तै नेशनल हाइड्रोपावर, नेरुडे मिर्मिरे लघुवित्त, एचआईडीसीएल, खानीखोला हाइड्रोपावर, आँखुखोला जलविद्युत्, माथिल्लो तामाकोशी, शुभम् पावर, आत्मनिर्भर लघुवित्त, मिडसोलु हाइड्रोपावर, युनाइटेड इदी मर्दी, सिंगटी हाइड्रोपावर, रिडी पावर, अरुणभ्याली हाइड्रोपावर, एनआईसी एसिया लघुवित्त, हिमाल दोलखा हाइड्रोपावर, अरुण काबेली पावर तथा शिवश्री हाइड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ ।

प्रकाशित मिति : August 11, 2024 at 3:34 pm