१० असार २०८३, बुधबार | Wed Jun 24 2026

लोकप्रिय गायक प्रकाश तिमिल्सिनाको निधन, आज अन्त्येष्टि गरिने

२७ साउन, काठमाडाैँ । लोकप्रिय गायक प्रकाश तिमिल्सिनाको शनिवार साँझ निधन भएको छ। उहाँ आफ्नै घरमा बेडमा अचेत अवस्थामा फेला पर्नुभएको थियो । परिवारका सदस्यहरूले उहाँलाई तत्काल पाटन अस्पताल पुर्‍याएका थिए तर चिकित्सकहरूले मृत घोषित गरे।

तिमिल्सिनाको अन्तिम संस्कार आइतबार आज बिहान पशुपति आर्यघाटमा गरिने तयारी गरिएको बताइएको छ। तिमिल्सिना गायन प्रतियोगिता ‘नेपाली तारा’ मार्फत सङ्गीत क्षेत्रमा उदाउनुभएको थियो । भैंसेपाटीमा बस्दै आउनुभएका तिमिल्सिना ‘प्रिय तिम्रो सिउँदोमा सिन्दूर भर्न देऊ‘’, ‘नमान लाज यसरी‘’, ‘नआएनी हुन्थ्यो‘’ लगायतका दर्जनौँ गीतले नेपाली सङ्गीत प्रेमीहरू माझ एक परिचित र सम्मानित गायकका रूपमा स्थापित हुनुभएको थियो ।

तिमिल्सिना सङ्गीतलाई आफ्नो जीवनको मुक्ति ठान्नुहुन्थ्यो । विभिन्न रेडियो र टेलिभिजन कार्यक्रमहरू तथा दुई दर्जन बढी देशका साङ्गीतिक कार्यक्रममा सहभागी भएर उहाँले आफूलाई नेपाली सङ्गीतमा स्थापित हुनुभएको थियो ।

प्रकाशित मिति : August 11, 2024 at 9:56 am