१३ आश्विन २०८१, आईतवार | Mon Sep 30 2024

भारतीय विदेश सचिव विक्रम मिश्री आज नेपाल आउँदै

२७ साउन, काठमाडाैँ । भारतीय विदेश सचिव विक्रम मिश्री दुईदिने भ्रमणका लागि आज नेपाल आउँदै हुनुहुन्छ । परराष्ट्र सचिव सेवा लम्सालको निमन्त्रणमा मिश्री नेपाल आउन लाग्नुभएको हो । प्रमुख ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन सरकार बनेपछि भारतको तर्फबाट हुन लागेको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

परराष्ट्र मन्त्रालयले नेपाल भ्रमणका क्रममा मिश्रीले नेपाल-भारतको सम्बन्ध विस्तार र द्विपक्षीय सहमतिका विविध विषयमा छलफल गर्ने जनाएको छ । विदेश सचिव मिश्री २८ साउनमा भारत फर्किनुहुनेछ ।

प्रकाशित मिति : २७ श्रावण २०८१, आईतवार ०९:१४