आन्दोलनकारीले सर्वोच्च अदालत परिसर घेरेपछि बंगलादेशका प्रधानन्यायाधीशले पनि दिए राजीनामा
२६ साउन, काठमाडाैँ । राजीनामा माग्दै आन्दोलनकारीहरू सर्वोच्च अदालत घेरेपछि बंगलादेशका प्रधानन्यायाधीश ओबेदुल हसनले पनि राजीनामा दिनुभएकाे छ । शनिबार बिहानदेखि सयौंको संख्यामा सर्वोच्च अदालत पुगेर आन्दोलन गरेपछि प्रधानन्यायाधीशले राजीनामा दिनुभएकाे हाे ।
आन्दोलनकारीहरूले प्रधानन्यायाधीशलाई राजीनामा दिनका लागि दिउँसो १ बजेसम्मको अल्टिमेटमसमेत दिएका थिए।
तर अल्टिमेटमअघि नै अदालत परिसरमा उपस्थित भएका पत्रकारहरूसँग बोल्दै हसनले आफू पदबाट बाहिरिएको घोषणा गर्नुभएकाे हाे। अदालत परिसरमा जम्मा भएका आन्दोलनकारीहरूले प्रधानन्यायाधीशले राजीनामा नदिए वाहाँको निवास घेर्ने सम्मकाे चेतावनी दिएका थिए ।
प्रकाशित मिति : August 10, 2024 at 2:02 pm









