१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

हेलिकप्टर दुर्घटनामा मृत्यु भएका चिनियाँ नागरिक नेपालमा लगानी गर्न आएका थिएः सञ्चारमन्त्री

२४ साउन, काठमाडाैँ । हेलिकप्टर दुर्घटनामा मृत्यु भएका चार जना चिनियाँ नागरिक नेपालमा लगानीका लागि आएको सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरूङले बताउनुभयाे ।

‘हिजो चिनियाँ टोलीहरू घुम्नको लागि नभएर कुनै न कुनै हिसाबले लगानीको क्षेत्र अवलोकनका लागि गएको वाहाँले भन्नुभयाे, ‘यसले गर्दा विदेशी लगानी पनि प्रभावित हुनसक्छ। विदेशीहरू कहाँकहाँ जानुपर्ने हुन्छ। हाम्रो एयरलाइन्स, हेलिकप्टरहरू सुरक्षित छैन भन्ने देखाउँछ।’ बारम्बार जहाज, हेलिकप्टर दुर्घटना हुनुलाई असाधारण घटनाको संज्ञा दिनुभयाे

नयाँ सरकार बनेपछि दुइ वटा शोक वक्तव्य जारी गरिसकेका छौं। त्यसैले नेपाली आकाशलाई सुरक्षित र विश्वसनीय बनाउन नीतिगत सुधार गर्नुपर्छ,’ वाहाँले भन्नुभयाे ।

सरकारले हेलिकप्टर दुर्घटनाबारे छानबिन गर्न नेपाली सेनाका वरिष्ठ पाइलट सुवास थापाको संयोजकत्वमा छानबिन आयोग गठन समिती गरिएको हो । आयोगको सदस्यहरूमा विष्णु बस्नेत र तनुजा पोखरेल हुनुहुन्छ। प्रतिवेदन पेस गर्न आयोगलाई ३० दिनको समय दीएको छ।

प्रकाशित मिति : August 8, 2024 at 4:15 pm