१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

नेपाल बैंक र नेपाल प्रहरी प्रधान कार्यालयबिच बैंकिङ कारोबार सम्झौता

 २४ साउन, काठमाडौँ । नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखा र नेपाल बैंक लिमिटेडबिच साउन २२ गते बैंकिङ कारोबार गर्ने सम्बन्धमा सम्झौता भएको छ । उक्त सम्झौता प्रहरी प्रधान कार्यालयमा भएको हाे ।

नेपाल प्रहरी प्रधान कार्यालय, कल्याण महाशाखाका वरिष्ठ प्रहरी उपरीक्षक  रेवती ढकाल र नेपाल बैंकका प्रमुख वित्त अधिकृत  प्रकाश कुमार अधिकारीले हस्ताक्षर गर्नुभएकाे हाे । साेही अनुसार प्रहरी अन्तर्गतका विद्यालयहरूमा कार्यरत शिक्षक र कर्मचारीहरूले सहुलियत सहितको सुविधा रहने तलब खाता खोली बैंकका अनुसार बिनाधितो कर्जा र अन्य बैंकिङ सुविधा पाउन सकिने बैंकले जनाएको छ ।

प्रकाशित मिति : August 8, 2024 at 2:06 pm