७ माघ २०८१, सोमबार | Mon Jan 20 2025

तयार भयो टीआरसी विधेयकको प्रतिवेदन (पूर्णपाठ)

२४ साउन, काठमाडौं । टीआरसी विधेयकको संक्रमणकालीन न्यायसम्बन्धी प्रतिवेदन तयार भएको छ ।

२०७९ फागुन २५ संसदमा दर्ता भएको बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप ऐनलाई संशोधन गर्न बनेको विधेयक कानुन न्याय र मानवअधिकार समितिमा विचाराधीन रहेकाे छ ।

विधेयकका विवादित विषयमा सहमति भएपछि संशोधनसहितको प्रतिवेदन तयार पारिएको हो । साे बिषयमा आज समितिमा विधेयकलाई निष्कर्षमा पुर्‍याउन छलफल भइरहेको छ ।

चारवटै विवादित विषयमा कार्यदलले सहमति जुटाएर बुधबार प्रतिवेदन बुझाएको छ । मानवअधिकारको गम्भीर उल्लंघनमा कार्यदलले नियतपूर्वक गरिएको हत्या (आर्बिटरी किलिङ) लाई राख्ने सहमति जुटाएको छ ।

जबर्जस्ती करणी गर्ने र गम्भीर यौनजन्य हिंसाका घटना बाहेकमा कार्यदलले २५ प्रतिशत सजायको माग दाबी गर्न सक्ने सहमति समेत गरेको छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार १३:००