१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

आज यी ठाउँहरूमा छन् बाढीको सम्भावना, सकर्कता अपनाउन अनुराेध

२४ साउन, काठमाडौँ । देशभर मनसुनी वायुकाे प्रभाव रहेकाे छ । बिहीबार बिहानको मापन अनुसार कोशी, कर्णाली, नारायणी, महाकाली र यसका सहायक नदीहरू साथै बाग्मती, पूर्वी राप्ती, पश्चिम राप्ती कन्काई, कमला र बबई नदीको बहाव सतर्कता तह भन्दा तल र सामान्य अवस्थामा छ ।

बिहीबार पर्सा, चितवन, काठमाडौँ, इलाम, झापा, भक्तपुर, गोरखा, लमजुङ, कास्की, नुवाकोट, धादिङ, नवलपरासी (ब.सु.पूर्व), नवलपरासी (ब.सु.पश्चिम ), रुपन्देही, दैलेख, सुर्खेत, कैलाली, कञ्चनपुर, अछाम, दार्चुला, रुकुम पूर्व, रुकुम पश्चिम, जाजरकोट आसपासका जिल्ला भई बहने केही स-साना नदीहरूमा बहाव उल्लेख्य बढ्ने पूर्वानुमान छ ।

प्रकाशित मिति : August 8, 2024 at 10:56 am