१० असार २०८३, बुधबार | Wed Jun 24 2026

बिम्स्टेक पूर्वाधार विकास कोष स्थापना गर्न अध्यक्ष चन्द्र ढकालको प्रस्ताव

२३ साउन, काठमाडौँ । बिम्स्टेक पूर्वाधार विकास कोष स्थापना गर्न नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रस्ताव राख्नुभएको छ ।

बुधबार भारतको नयाँदिल्लीमा भइरहेको आयोजनामा बिम्स्टेक बिजनेस समीट २०२४ मा बिम्स्टेक व्यापार सहजीकरण प्रवर्द्धन गर्दै इम्प्रुभ्ड क्रस बोर्डर लिंकेज एण्ड ट्रेड इन्फ्रास्ट्रक्चर’ विषयक सत्रमा ढकालले बिम्स्टेक पूर्वाधार विकास कोष स्थापना गर्नुपर्ने बताउनुभएको हो ।

सदस्य राष्ट्रहरूलाई ढकालले व्यापार सहजीकरण प्रवर्द्धन, सीमापार सम्बन्धको राम्रो विकास र आवश्यक पूर्वाधारको विकास गर्न स्रोतसाधन उपलब्ध गराउन क्षेत्रीय पूर्वाधार कोष आवश्यक भएको पनि बताउनुभयो ।

बिम्स्टेक क्षेत्रका सबै सदस्य राष्ट्रको विकास भएपछि अन्तर्राष्ट्रिय मञ्चमा हाम्रो आवाज बलियो हुने र अन्तर्राष्ट्रिय बैठकमा थप अधिकारका साथ सामूहिक रूपमा सम्झौता गर्न सक्ने समेत ढकालले बताउनुभयो ।

प्रकाशित मिति : August 7, 2024 at 2:24 pm