खराब मौसमका कारण हवाई उडान प्रभावित
२२ साउन, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अविरल वर्षाका कारण प्रभावित बन्न पुगेको छ ।
मङ्गलवार बिहानदेखिको पानी र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आइरहेको त्रिभुवन विमानस्थलमा प्रवक्ता सुवास झाले जानकारी दिनुभयो । खराब मौसमकै कारण केही जहाज अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन्,
भने केही डाइभर्ट समेत भएको वाहाँले जानकारी दिनुभयो ।
कम भिजिबिलिटी (भिएफआर) अवतरणका लागि एक हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । तर अहिले भने त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेको जनाएको छ ।
प्रकाशित मिति : August 6, 2024 at 10:40 am









