१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

खराब मौसमका कारण हवाई उडान प्रभावित

२२ साउन, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अविरल वर्षाका कारण प्रभावित बन्न पुगेको छ ।

मङ्गलवार बिहानदेखिको पानी र हुस्सुका कारण विमानस्थलको भिजिबिलिटी कम हुँदा जहाज उडान तथा अवतरणमा समस्या आइरहेको त्रिभुवन विमानस्थलमा प्रवक्ता सुवास झाले जानकारी दिनुभयो । खराब मौसमकै कारण केही जहाज  अवतरण गर्न नसकेर आकाशमा नै होल्ड भएका छन्, भने केही डाइभर्ट समेत भएको वाहाँले जानकारी दिनुभयो ।

कम भिजिबिलिटी (भिएफआर) अवतरणका लागि एक हजार मिटरको भिजिबिलिटी आवश्यक पर्छ । तर अहिले भने त्रिभुवन विमानस्थलको भिजिबिलिटी एक हजार भन्दा कम रहेको जनाएको छ ।

प्रकाशित मिति : August 6, 2024 at 10:40 am