१० असार २०८३, बुधबार | Wed Jun 24 2026

संवादका माध्यमबाट समस्या समाधान गर्नुपर्छ: पूर्वपरराष्ट्रमन्त्री थापा

२१ साउन, ककाठमाडौँ । पूर्वउपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री कमल थापाले मुलुकको भूराजनीति, सुरक्षा एवं सामरिक मामिलामा नेपाल र भारतबीच अवधारणागत भिन्नता रहेकाले द्विदेशीय सबै समस्या संवादका माध्यमबाट समाधान हुनुपर्नेमा जोड दिनुभएको छ ।

आगामी भदौ १० गते कृष्णजन्माष्टमीका दिन सार्वजनिक हुने आफ्नो तेस्रो कृति ‘नाकाबन्दी र भूराजनीति कूटनीतिमा मेरो अनुभव र अनुभूति’बारे जानकारी दिने उद्देश्यले कूटनीतिक मामिलामा समाचार लेख्ने केही पत्रकारसँग आज यहाँ आयोजित छलफलमा लेखक थापाले सन् १९५० को शान्ति तथ मैत्री सन्धि तथा त्यसयता विकसित भएको दुई देशबीचको सम्बन्धका विविध आयामलाई पुस्तकमा समेट्ने प्रयास गरेको बताउनुभयो ।

“एकीकृत महाकाली सन्धिको बेला र २०७२ सालमा देशको नयाँ संविधान जारी भएपछिको अवस्थामा परराष्ट्रमन्त्रीका रूपमा मैले निर्वाह गरेको भूमिका, त्यसैको सेरोफेरोमा रहेर आफ्ना अनुभूति अभिव्यक्त गरेको छु,” प्रकाशोन्मुख कृति आत्मकथा नभएको स्पष्ट गर्दै पूर्वसञ्चारमन्त्री थापाले भन्नुभयो ।

नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पु¥याउन परम्परागत परिभाषा परिमार्जनको आवश्यकता औँल्याउँदै लेखक थापाले आपसी सम्बन्धलाई नयाँ शिराबाट समीक्षा गर्नुपर्ने बताउनुभयो ।

लेखक थापा तत्कालीन प्रधानमन्त्रीत्रय लोकेन्द्रबहादुर चन्द, शेरबहादुर देउवा र केपी शर्मा ओली नेतृत्वको मन्त्रिपरिषद्मा परराष्ट्रमन्त्री हुनुहुन्थ्यो ।

प्रकाशित मिति : August 5, 2024 at 2:06 pm