सभापति देउवासहित कांग्रेसका सांसदहरूले प्रधानमन्त्री ओलीसँग गरे हवाई सुरक्षाबारे छलफल
२१ साउन, काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा लगायत सांसदहरूको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटि हवाई सुरक्षाबारे छलफल गर्नुभएको छ ।
सभापति देउवा, परराष्ट्र मन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक, सहमहामन्त्री जीवन परियार, सांसदहरू राजेन्द्र बजगाई, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, उदयशमशेर राणा, सञ्जय गौतम, सरिता प्रसाई, राजन केसीलगायतले आइतबार प्रधानमन्त्रीसँग हवाई सुरक्षाबारे छलफल गर्नुभएको हो ।
नेपाली हवाई सेवा सुरक्षाका विषयमा सभापति देउवासहित मन्त्रीहरू र सांसदहरूले प्रधानमन्त्री ओलीसँग कुरा गर्दै विभिन्न प्रस्तावसमेत राख्नुभएको छलफलमा सहभागी सांसद राजेन्द्र बजगाईले बताउनुभयो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुइ वटा निकाय बनाउने विधेयक राष्ट्रिय सभामा यसअघि नै पेस भएको विषयमा पनि कुराकानी भएको वाहाँको भनाइ छ । ‘त्यो विधेयक राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभामा पठाएको थियो। उक्त विधेयक प्रतिनिधि सभामा पेस हुन नसकेपछि निष्क्रिय भएको हो ।
विधेयकमा नियामक निकायको जिम्मेवारी र सेवा प्रदायकका रूपमा बेग्लाबेग्लै निकाय बनाउने प्रस्ताव गरिएको पनि सांसद बजगाईले बताउनुभयो ।
प्रकाशित मिति : August 5, 2024 at 11:00 am









