१९ मंसिर २०८१, बुधबार | Wed Dec 4 2024

प्रभु बैंकले एकै वर्ष कमायो साँढे ४ अर्ब, यस्तो छ वितरणयोग्य नाफा

२१ साउन, काठमाडाैँ । प्रभु बैंकले एकै वर्षमा साँढे ४ अर्ब नाफा कमाएको छ । खुल नाफा ४ अर्ब ४८ करोड ८ लाख १० हजार रुपैयाँ कमाएको प्रभु बैंकको अधिकांश सूचकमा व्यापाक सकारात्मक सुधार देखिएको छ ।

बैंकले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को चौंथो त्रैमासिक वित्तीय विवरणमा ४ अर्ब ४८ करोड ८ लाख १० हजार रुपैयाँ खुद नाफा कमाएको उल्लेख छ । अशोक शेरचनले नेतृत्वल सम्हालेको बैंकको यो नाफा अघिल्लो आबको तुलनामा भने १४९९.०४ प्रतिशत बढी हो ।

प्रभु बैंकको सञ्चालन नाफा पनि बढेर ७ अर्ब ५ करोड ५० लाख रुपैयाँ कायम भएको छ । बैंकको खुद ब्याज आम्दानी र संचालन नाफा बढेसँगै खुद नाफामा पनि बढोत्तरी देखिएको हो । गत वर्ष बैंकको खुद ब्याज आम्दानी पनि १९.४३ प्रतिशत बढेर १२ अर्ब २ करोड २५ लाख रुपैयाँ कायम भएको छ ।

dainiki.com

प्रभु बैंकले यो वर्ष आफ्ना सेयरधनीलाई ५.२० प्रतिशत लाभांश दिन सक्ने भएको छ । बैंकको वितरणयोग्य नाफा १ अर्ब २२ करोड ३९ लाख ४५ हजार रुपैयाँ मात्रै भएका कारण सेयरधनीलाई ५.२० प्रतिशतसम्म मात्र लाभांश दिन सक्ने देखिएको हो ।

अघिल्लो आर्थिक वर्ष सोही अवधिमा भने प्रभुको वितरणयोग्य नाफा ऋणात्मक रहेको थियो । जसले गर्दा गत आर्थिक वर्षमा  प्रभुले छलाङ मारेको देखिन्छ । बैंकको धेरै सूचक सकारात्मक देखिएका छन । बैंकको प्रतिसेयर आम्दानी पनि बढेर १९ रुपैयाँ ०३ पैसा कायम भएको छ। यता, प्रतिसेयर नेटवर्थ भने १५४ रुपैयाँ ७६ पैसा कायम भएको छ। बैंकको खराब कर्जा पनि घटेको छ । अघिल्लो आवमा ४.९८ प्रतिशत रहेको खराब कर्जा गत वर्ष आइपुग्दा भने घटेर ४.७८ प्रतिशत कायम भएको छ ।

समिक्षा वर्षमा बैंकको निक्षेप संकलन भने ३.५१ प्रतिशत बढेर ३ खर्ब ५ अर्ब १ करोड २८ लाख रुपैयाँ कायम भएको छ । तर, कर्जा लगानी भने ३.८३ प्रतिशत घटेर २ खर्ब २५ अर्ब १९ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो आवमा बैंकको निक्षेप संकलन र कर्जा प्रवाह २ अर्ब ८९ करोड ९ लाख र २ खर्ब ३४ अर्ब १५ करोड ४८ लाख रुपैयाँ रहेको थियो । हाल बैंकको चुक्ता पुँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ छ । बैंकको जगेडा तथा कोषमा भने १२ अर्ब ८९ करोड २१ लाख रुपैयाँ छ।

प्रकाशित मिति : २१ श्रावण २०८१, सोमबार ०९:३४