३० आश्विन २०८१, बुधबार | Wed Oct 16 2024

पुनर्निर्माणकै क्रममा अलपत्र परेको नुवाकोट दरबारको काम चार वर्षपछि भोलिदेखि सुचारू हुँदै

२० साउन, नुवाकोट । चीन सरकारले पुनर्निर्माणको जिम्मा लिएर चार वर्षदेखि अलपत्र छाडिएको नुवाकोट दरबारको काम भोलिबाट सुचारू हुने भएको छ । विदुर नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष दीपक कायस्थले भोलिदेखि पुनर्निर्माणको काम सुचारू गर्ने जानकारी चिनियाँ पक्षले आइतबार दिएको छ ।

पुनर्निर्माणको काम भोलिदेखि सुचारू गर्ने बारेमा जानकारी दिँदै चिनियाँ टोली आइतबार नुवाकोट दरबार क्षेत्र परिसरमा । तस्बिरः दीपक कायस्थ

नुवाकोट दरबार क्षेत्रमा चिनियाँ पक्षले नै भाडामा लिएको होटलमा विदुर नगरपालिकाका प्रमुख राजनलाल श्रेष्ठको उपस्थितिमा भएको छलफलमा भोलिबाट काम सुचारू गर्ने सहमति भएको वाड अध्यक्ष कायस्थले बताउनुभयो । स्थानीय सरकारको तर्फबाट पुनर्निर्माणको काममा विदुर नगरपालिकाले गर्नुपर्ने सम्पूर्ण सहयोग उपलब्ध गराउने उहाँले बताउनुभयो ।

काम रोकिएको चार वर्ष पूरा भए पनि चीनले केही अघिसम्म सुचारूको संकेत देखिएको थिएन । तर सत्ता परिवर्तन भएसँगै चीनले पुनर्निर्माणको काम अघि बढाउने तयारी थालेको छ । सरकारसँग दरबार पुनःनिर्माणका लागि सम्झौता गरेर नुवाकोट दरबार क्षेत्रको पुनर्निर्माणका लागि काम थालेको चीनले बीचमै काम छाडेको थियो । कोरोना भाइरसको प्रकोप सुरू हुनुअगावैबाट पुनर्निर्माणको काम नगरेको चीनले चार वर्षपछि भने काम सुरू गर्न लागेको हो ।

यसअघि चीनले काम नगरी नुवाकोट दरबार क्षेत्रको पुनर्निर्माण रोकेको भन्दै स्थानीय सरोकारवालाहरूले प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्री गुहार्ने काम गरेका थिए । चीनले नयाँ वर्ष र कोरोनालाई मुल कारण देखाई काम स्थगित गरेको थियो ।

चिनियाँ कामदारले कोरोनाकै बीचमा आएर रेट्र्रोफिटिङका लागि ठड्याइको बारमा कसिएका नटहरू थप कसिलो बनाएर गएका थिए । त्यसपछि काम गर्ने भन्दै राजदूतदेखि पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृतसम्मले पटक पटक निरीक्षण गरे पनि काम भने चार वर्षपछि भोलि सोमबारबाट सुरू हुने भएको छ ।

विदुर नगरपालिका र चिनियाँ टोलीबीच भएको छलफल ।

नुवाकोट दरबार क्षेत्रमा पहिलो चरणमा साततले दरबार र त्यसपछि तलेजु भवानीको मन्दिर, रङ्गमहल, लामपाटी र सेतोपाटी निर्माण गर्ने गरी सम्झौता भएको छ । सोही अनुसार सोमबारबाट काम सुचारू हुनेछ ।  नुवाकोट दरबार पुनर्निर्माणको नाममा अलपत्र हुँदा हरेक वर्ष हजाराैँ पर्यटकले अवलकोकन गर्ने दरबार क्षेत्र सुनसानप्राय बनेको थियो ।

 यो पनि पढ्नुहोस्, 

चार वर्षदेखि नुवाकोट दरबारको पुनर्निर्माण रोकिएपछि प्रधानमन्त्री गुहार्दै स्थानीय

ढल्नै लाग्यो नुवाकोटकाे साततले दरबार, बन्न अर्को पृथ्वीनारायण जन्मिनुपर्ने हो ?

नुवाकोटको साततले दरबार पुनर्निर्माणमा चिनियाँ चासो, राजदूतबाट दरबारको अवलोकन

नुवाकोटको ऐतिहासिक साततले दरबारको पुनःनिर्माण चैतदेखि हुने

साततले दरबार पुनःनिर्माण गर्न बल्ल चिनियाँ प्राविधिक टोली आइपुग्यो

चिनियाँले जिम्मा लिएको नुवाकोट दरबार क्षेत्रको पुनर्निर्माणमा ढिलासुस्ती

चीन सरकारले जिम्मा लिएको नुवाकोट दरबारको पुनःनिर्माण अनिश्चित

चिनियाँले जिम्मा लिएको नुवाकोट दरबार क्षेत्रको पुनर्निर्माणमा ढिलासुस्ती

नुवाकोट दरबार क्षेत्रको खानेपानी समस्याका बारेमा मुख्यमन्त्री शाक्यको ध्यानाकर्षण

नुवाकोट-रसुवाको पर्यटकीय गन्तव्यको पहिचान र प्रचारमा व्यवसायी (फोटोफिचर)

प्रकाशित मिति : २० श्रावण २०८१, आईतवार १९:११