१० असार २०८३, बुधबार | Wed Jun 24 2026

५० किलोग्राम गाँजासहित एकजना महिला पक्राउ

१९ साउन, पर्सा । पर्सामा ५० किलोग्राम लागुऔषध गाँजासहित एकजना महिलालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ठोरी गाउँपालिका–२ सुन्दरबस्ती टोलकी ३० वर्षीया अनिता गुरौं रहेकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक भारतीले लागुऔषधसहित पक्राउ परेकी गुरौंले आफ्नो घरको पलङभित्र गाँजा लुकाएको भन्ने विशेष सूचनाका आधारमा खानतलासी गर्ने क्रममा ५० किलोग्राम गाँजासहित पक्राउ गरेको जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय पर्सा र इलाका प्रहरी कार्यालय ठोरीबाट खटिएको प्रहरीको टोलीले उनलाई घरबाटै नियन्त्रणमा लिएको हो । “पक्राउ परेकी गुरौंलाई जिल्ला अदालत पर्साबाट पाँच दिनको म्याद थप अनुमति लिएर अनुसन्धान कार्य अघि बढाइरहेका छौँ”, भारतीले भन्नुभयो ।

यसैगरी प्रहरीले ३७ लाख ६२ हजार नौ सय १६ मूल्य पर्ने बिलविजकअनुसार नभएको औषधि तथा अन्य खुद्रा सामान पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका–१४ स्थित गण्डक सडकखण्डमा ना७ख १६३१ नम्बरको ट्रकमा बिलविजकअनुसार नभएको सामान पक्राउ गरेर राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाएको प्रहरीले जनाएको हो ।

प्रकाशित मिति : August 3, 2024 at 6:01 pm