९ असार २०८३, मंगलबार | Wed Jun 24 2026

कृषि समितिको बैठक बस्दै, सभापति चयन गर्ने तयारी

काठमाडौँ । सिंहदरबारमा आज साढे ४ बजे कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बस्दैछ । उक्त बैठकमा समिति सभापतिको निर्वाचन हुनेछ ।

समिति सभापतिका लागि नेपाली कांग्रेसका सांसद कुसुम थापा मगरले उम्मेदवारी दर्ता गराएकी छिन् । सोमवार उम्मेदवारी दर्ता गराएकी थापा मगरको प्रस्तावक नेकपा एमाले सांसद सूर्यप्रसाद ढकाल र कांग्रेसका वीरबहादुर बलायर समर्थक रहेका छन् ।

प्रकाशित मिति : July 30, 2024 at 9:50 am