१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त

८ साउन, काठमाडाैँ । बागमती प्रदेशको मुख्यमन्त्रीमा बहादुर सिंह लामा नियुक्त हुनुभएकाे छ । प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज लामालाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएकाे हाे । लामाले आजै प्रदेश प्रमुखको कार्यालयमा मुख्यमन्त्रीको दाबी पेस गर्नुभएकाे थियाे ।

नेपाली कांग्रेस बागमती संसदीय दलका नेता समेत रहनुभएका लामाले एमालेका २७ र कांग्रेसको ३७ गरि ६४ सांसदको हस्ताक्षर सहित मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएकाे थियाे । आइतबार मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुखको कार्यालयले संविधानको धारा १६८ को उपधारा २ बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्री दाबी पेश गर्न सूचना जारी गरेकाे थियाे ।

नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुको समथ बुधबार बिहान हुने बताइएकाे छ । १३ मन्त्रालय रहेको बागमतीमा कांग्रेसले मुख्यमन्त्री र अर्थ मन्त्रालय सहित ७ वटा लिने सहमती भएको छ भने एमालेले भौतिक सहित ६ मन्त्रालय लिने सहमती भएको छ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलवार १८:१६