१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

एमालेले टुङ्ग्यायो बागमती प्रदेशका ६ मन्त्रीको नाम

८ साउन, काठमाडौँ । नेकपा एमालेले बागमती प्रदेशमा सहभागी हुने ६ मन्त्रीको नाम टुङ्ग्याएको छ ।

एमालेले सिन्धुलीकी सुकमाया तामाङ, काठमाडौंका प्रकाश श्रेष्ठ र अमन मास्के, भक्तपुरका किरण थापामगर, ललितपुरका प्रेम भक्त महर्जन र चितवनका कृष्ण सिलवाललाई मन्त्री बनाउन लागेको हो । एमालेले ऊर्जा तथा सिँचाइ मन्त्रालय, खानेपानी, वन तथा वातावरण मन्त्रालय, आर्थिक मामिला तथा योजना मन्त्रालय, स्वास्थ्य मन्त्रालय र उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रालय लिनेछ ।

बागमती प्रदेश सरकारमा कांग्रेस-एमाले गठबन्धनले मंगलबार नै मुख्यमन्त्रीका लागि दाबी पेस गर्दैछन् । गठबन्धनका तर्फबाट कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाले दाबी पेस गर्नेछन् ।

प्रकाशित मिति : ८ श्रावण २०८१, मंगलवार १२:३७