१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

बागमती प्रदेशको मुख्यमन्त्री बन्दै बहादुरसिंह लामा

६ साउन, मकवानपुर । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेसकातर्फबाट संसदीय दलका नेता बहादुरसिंह लामाको नाम तय भएको छ । प्रदेश सभापति इन्द्रबहादुर बानियाँले पनि मुख्यमन्त्रीमा चाहाना देखाएपछि केही समय अन्योलता भएकामा आज बिहान हेटौँडामा बसेको संसदीय दलको बैठकले लामालाई मुख्यमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । लामा संसदीय दलको नेता हुनुहुन्छ । बागमती प्रदेशमा कांग्रेसको ३७ जना सांसद हुनुहुन्छ ।

प्रदेश सभापति एवं सांसद बानियाँले संविधानको धारा १६८ (२) अनुुसार दलको नेताबाहेकको व्यक्तिले पनि मुख्यमन्त्री दाबी गर्न पाउने व्यवस्थाअनुसार पनि मुख्यमन्त्रीका लागि आकाङ्क्षा राख्नुभएको थियो । कांग्रेस संसदीय दलको बैठकले मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मागेको विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ । यता नेकपा एमाले र राप्रपाले समेत विश्वासको मतको विपक्षमा मतदान गर्ने जनाएका छन् ।

प्रकाशित मिति : ६ श्रावण २०८१, आईतवार १४:५९