१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

शेखर कोइरालाले गरे कांग्रेसका ५ वटा महानगर सभापतिहरूसँग छलफल

४ साउन, काठमाडौँ । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले विधानअनुसार चार वर्षको अन्तरालमा पार्टीको महाधिवेशन हुनुपर्नेमा जोड दिएका छन्।

कोइरालाले शुक्रबार काठमाडौंमा विभिन्न ५ वटा महानगरका कांग्रेस सभापतिहरूसँग छलफल गरी विधानअनुसार चार वर्षको अन्तरालमा २०८२ को मंसिर २४ गतेपछि महाधिवेशन हुनुपर्नेमा कोइरालाले जोड दिँदै आएका छन्।

‘विधानअनुसार महाधिवेशन नभए पार्टी धरासायी हुने र त्यसको असर आगामी चुनावमा देखिने भएकाले समयमै चनाखो भएर  महाधिवेशन गर्न कोइरालाको भनाइ छ । २०७८ मा भएको १४ औं महाधिवेशनमा सभापति पदमा शेरबहादुर देउवासँग पराजित भएका कोइराला १५ औं महाधिवेशनमा पनि सभापति पदमा उठ्ने तयारीमा छन्।

कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार ५ वटा महानगरका कांग्रेस सभापतिहरूसँग कोइरालाले छलफल गर्दा उक्त  छलफलमा सभापतिहरूले आफूहरूको मर्यादाक्रम पनि नमिलेको र विधानले खासै अधिकार पनि नदिएको गुनासो गरेका थिए ।

प्रकाशित मिति : ४ श्रावण २०८१, शुक्रबार १२:०१