१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

स्वास्थ्यमा समस्या देखिएपछि पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्द अस्पताल भर्ना

२ श्रावण, काठमाडौँ । पूर्व प्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । उपचारका लागि वीर अस्पताल पुगेका पूर्व प्रधानमन्त्री चन्दलाई अस्पतालले उपचारका लागि भर्ना गरेको छ ।

पूर्व प्रधानमन्त्री चन्दको परीक्षणमा डेंगु सक्रमण पुष्टि भएको वीर अस्पतालका निर्देशक डा सन्तोष पौडेलले जानकारी दिए । डा पौडेलले पूर्वप्रधानमन्त्री चन्दमा ज्वरो आउने र जिउ गल्ने समस्या देखिएकोले बुधबार दिउँसो अस्पताल भर्ना गरिएको बताए ।

प्रकाशित मिति : २ श्रावण २०८१, बुधबार १८:५०