१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

ओलीले प्रधानमन्त्रीको सपथ लिएकै दिन सरकारी निवासमा पार्टीको व्यानरमा कार्यक्रम

३१ असार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सपथ लिएर पदभार ग्रहण गरेको पहिलो दिननै प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा नेकपा एमाले काठमाडौँको व्यानरमा बधाई कार्यक्रम भएको छ । सोमबार अपरान्ह एमाले काठमाडौँका अध्यक्ष दीपक निरौलाको अध्यक्षतामा प्रधानमन्त्री निवास बालुवाटारमा बधाई ज्ञापन कार्य्रकम भएको हो ।

सो कार्यक्रममा प्रधानमन्त्री ओलीले सरकारले सुशासन कायम गराउनुका साथै शिक्षा, स्वास्थ्य लगायत सामाजिक क्षेत्रलाई प्राथमिकतामा राख्ने बताएका छन । कार्यक्रममा प्रधानमन्त्री ओलीले सबै पक्षको साथ लिएर मुलुकको सुशासन र विकासलाई प्राथमिकता दिन सरकार कटिवद्ध रहेको बताए ।

प्रधानमन्त्रीले सो अवसरमा दुवै छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध सुमधुर बनाउन लाग्ने बताए । त्यसअवसरमा जिल्ला कमिटिका अध्यक्ष दीपक निरौलाले प्रधानमन्त्री ओलीलाई कार्यकाल सफलताको शुभकामना दिए ।

प्रकाशित मिति : ३१ असार २०८१, सोमबार २२:१२