१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीको पहिलो भेट पूर्वराष्ट्रपति भण्डारीसँग, यस्ता छन कुराकानीका विषय

३० असार, काठमाडौँ । प्रधानमन्त्री नियुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहिलो शिष्टाचार भेट पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग गरेका छन । आइतबार अपरान्ह प्रधानमन्त्रीमा नियुक्त भए लगत्तै ओली शुभकामना लिन पूर्वराष्ट्रपति भण्डारीको निवास बुढानिलकण्ठको भंगाल पुगेका थिए ।

त्यहाँ सामूहिक तस्बिर कैद गरेपछि ओली र भण्डारीको बीचमा वान टु वान कुराकानी भएको स्रोतले जनाएको छ । बधाई  र शुभकामनाको अलवा पूर्वराष्ट्रपति भण्डारीले मन्त्रीपरिषद्मा सहभागी हुने केही पात्रका बारेमा समेत चासो राखेको बुझिएको छ ।

भण्डारीसँगको भेटपछि निजी निवास बालकोट पुगेका ओलीले त्यहाँ पार्टीका केही पदाधिकारीसँग छलफल गरिरहेका छन । ओलीले अहिलेसम्म तीन जना नेताहरूसँग मन्त्री नियुक्तिका बारेमा छलफल गरेको भए पनि विष्णु पौडेललाई मात्र सरकारमा सहभागी गराउने निर्णय गरेका छन ।

ओलीले पृथ्वीसुब्बा गुरूङ  र योगेश भट्टराईसँग पनि मन्त्रीकोबारेमा कुरा गरेको बालकोट स्रोतले बताएको छ । कतिपय एमाले नेताहरूले भने भोलि सपथ खाने बेलासम्ममा मात्र एमालेको मन्त्रीको टुंगो हुने बताएका छन ।

प्रकाशित मिति : ३० असार २०८१, आईतवार २२:५८