१४ आश्विन २०८१, सोमबार | Mon Sep 30 2024

प्रधामन्त्रीको नियुक्ति आजै

३० असार, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली चौँथो पटक मुलुकको प्रधानमन्त्रीमा नियुक्त हुँदैछन । प्रतिनिधिसभाका दुई ठूला राजनीतिक दलको सहकार्यमा एमाले अध्यक्ष ओली आइतबार नयाँ प्रधानमन्त्रीका रुपमा मुलुकको कार्यकारी नेतृत्व सम्हाल्दै छन । यसअघि अध्यक्ष ओली २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री भइसकेका छन । लोकतन्त्र प्राप्तिको सङ्घर्षमा लागेका ओलीले लामो समय निरङ्कुश पञ्चायती शासन व्यवस्थामा कारबास भोगेका थिए ।

नियुक्ति आज, सपथ भोलि

बहुमतसहित प्रधानमन्त्रीमा ओलीको दाबी पुगेकाले आजै नियुक्ति पाउने छन । सपथ भने भोलिमात्र हुने भएको छ । सपथका लागि सोमबार बिहान ११ बजेको समय तय भएको राष्ट्रपति कार्यालयको प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन ।

ओलीले सपथ लिए लगत्तै केही मन्त्रीको पनि सपथ गराउने तयारी छ । त्यसका लागि नेकपा एमालेका तर्फबाट विष्णु पौडेलले अर्थ मन्त्रालयको जिम्मेवरी पाउने करिब टुंगिएको छ । यसका लागि ओलीले पौडेलसहित केही नेताहरूसँग परामर्श समेत गरिसकेका छन । त्यस्तै नेपाली कांग्रेसबाट पहिलो चरणमा कम्तिमा रमेश लेखकले मन्त्रीको सपथ खाने बुझिएको छ ।

प्रकाशित मिति : ३० असार २०८१, आईतवार १०:३६