८ असार २०८३, सोमबार | Tue Jun 23 2026

सभापति देउवाले बोलाए कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक

२९ असार, काठमाडौँ ।  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्नेगरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका छन्।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुने मन्त्रीको टुंगो लगाउने र अन्य समसामयिक राजनीतिकबारे बैठकमा छलफल हुने बताए ।

शुक्रबार पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्रीबाट पदमुक्त भएसँगै एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति पौडेलसमक्ष दाबी पेस भइसकेको छ।

राष्ट्रपति रामचन्द्र पौडेलले आइतबारसम्मको समय दिएर संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री दाबी गर्न आह्वान गरेपनि कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले शुक्रबार बेलुका नै दाबी पेस गरेका थिए।

प्रकाशित मिति : July 13, 2024 at 11:14 am